Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

वीरगञ्ज महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर (करार) राकेशकुमार जैसवाल घुस/रिसवत रु. १५,०००।– लिइसकेको अवस्थामा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१४ गते ।
-------------------------------------------

वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, वीरगञ्ज पर्सामा कार्यरत कम्प्युटर अपरेटर (पाँचौ तह करार) राकेशकुमार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटरलाई सेवाग्राहीसँग रु.१५,०००।–(पन्ध्र हजार) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा सोही कार्यालयबाट उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now