जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बाँस्कोटाउपर बिगो रु. २५,०००।–कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०७ गते ।
---------------------------------------------------

जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बाँस्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज वडा सचिव दिनेश बाँस्कोटालाई घुस/रिसवत वापतको रू.२५,०००/- (पच्चीस हजार) रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बाँस्कोटाले सेवाग्राहीको जग्गामा रहेका घर जग्गाको एकीकृत सम्पत्ति कर तिर्न र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि रु. २५,०००।– लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज खरिदार दिनेश बाँस्कोटालाई बिगो रु. २५,०००।– (पच्चीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03