मालपोत कार्यालय हरिवन, सर्लाहीका खरिदार देवीचरण न्यौपाने र लेखनदास केशवबहादुर कार्कीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०६ गते ।
---------------------------------------------------
 
मालपोत कार्यालय हरिवन, सर्लाहीका खरिदार देवीचरण न्यौपानेले सेवाग्राहीबाट घुस/रिसवत लिएको भन्ने समेत व्यहोराको उजुरीउपर अनुसान्धान हुँदा निज खरिदारले मालपोत कार्यालय हरिवन, सर्लाहीमा लेखनदासको काम गर्ने केशबहादुर कार्कीमार्फत सेवाग्राहीबाट रु. १,०००।–(एक हजार) रकम घुस/रिसवतवापत लिएको तथ्य पुष्टि हुन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकोले निजलाई रु. १,०००।– बिगो कायम गरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले लिएको उल्लेखित घुस/रिसवतवापतको रकमसमेत जफत हुन मागदाबी लिइएको छ ।
 
साथै मालपोत कार्यालय हरिवन सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले सेवाग्राहीबाट रु. १,०००।– (एक हजार) घुस रिसवतवापत लिई खरिदार देवीचरण न्यौपानेलाई दिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको देखिएकोले निज केशवबहादुर कार्कीलाई रु १,०००।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशले निर्देश गरे बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03