जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय , यज्ञभूमि धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार समेत २ जना १५ हजार घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०५ गते ।
-------------------------------------------

जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय , यज्ञभूमि धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस/रिश्वत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा नं. ८ बस्ने विजयप्रसाद साहलाई सेवाग्राहीबाट रू.१५,०००/- (पन्र्ध हजार) घुस वापतको रकम लिईसकेको अवस्थामा ट्राफिक प्रहरी कार्यालय, ढल्केवर, धनुषाको कार्यालय भवनको पुर्व कासले छाएको काठको गोल घरबाट उक्त घुस रकम सहित मिति २०७६।०९।०४ गते रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release