Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

श्री हाजी ऐनायतुल्लाह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँसहित ३ जनाउपर बिगो रु. ४,२२,३८४।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०४ गते ।
---------------------------------------------------

श्री हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालयमा शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद, शिक्षा नियमावलीविपरीत विना अभिभावक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको र भवन निर्मार्णको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री हाजी ऐनायतुल्लाह माध्यमिक विद्यालयलाई विज्ञान सामग्री खरिदको लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आ.व. ०७२/०७३ मा प्राप्त रु. ६,५०,०००।- बाट खरिद गरेका भनिएका विज्ञान सामग्रीमध्ये रु. २,८२,३८४।– बराबरको सामग्रीहरु विद्यालयमा नभेटिएको/नभएको, निकासा रकममध्ये रु. ५,१०,०००।- विज्ञान सामग्री खरिदको लागि पेश्की तथा भुक्तानी भएको, बाँकी रु. १,४०,०००।– को कसलाई के कुन शीर्षकमा भुक्तानी गरियो त्यसको अभिलेख नभएकोले आरोपितहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक (हालका प्र.अ.) महमुद आलम खाँ तथा पूर्व प्र.अ. तथा हालका अंग्रेजी शिक्षक श्रीकान्त दुवेसमेत मिली बिगो रु. ४,२२,३८४।–(चार लाख बाइस हजार तीन सय चौरासी रुपैयाँ) बराबरको सरकारी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरु जमालुद्दिन खाँ, महमुद आलम खाँ र श्रीकान्त दुवेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको रु. ४,२२,३८४।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
छोटी भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी उपर बिगो रु. १,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
डुङ्गेश्वर गाउँपालिका वडा नं. ५, दैलेखस्थित श्री पिपल चौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडा सदस्य भक्त बहादुर शाहीसमेत ४ जनाउपर प्रश्नपत्रको गोपनियता भंग गरेको सम्बन्धमा आरोपपत्र दायर।
2020/02/26
वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेशमा तत्काल कार्यरत टा.ना.सु. गिता अधिकारी उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/25
आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।
2020/02/25
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंका अंजु रंजितकार उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/25
नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जाका सुपरभाईजर चक्रपाणी भट्टराई उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2020/02/25