रामजनता निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामलखन चौधरी र शिक्षक जगदिश राय यादवउपर बिगो रु. १६,०३,५१७।८१ कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०३ गते ।
---------------------------------------------------

रामजनता निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामलखन चौधरीले जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट आ.व. २०६७/०६८ मा दुईकोठे भवन र छात्रा शौचालयका लागि प्राप्त रकम हिनामिना गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा आरोपी प्रधानाध्यापक रामलखन चौधरी र खाता संचालक जगदिश राय यादवले प्रचलित कानूनविपरीत रामजनता आधारभूत विद्यालय बबरगञ्ज, चन्दनगर गाउँपालिका सर्लाही (साविक रामजनता निम्न माध्यमिक विद्यालय बबरगञ्ज-२) को क्रमश: भौतिक, छात्रवृत्ति, पाठ्यपुस्तक, गैर हाजिर शिक्षकको तलब, माटो पुर्ने, घेरावेरा, शिक्षक स्टाफहरुको विद्यालयमार्फत जम्मा गर्नुपर्ने सामाजिक सुरक्षा कर र नागरिक लगानी कोषको रकमसमेत कुल जम्मा रु. १६,०३,५१७।८१ (सोह्र लाख तीन हजार पाँच सय सत्र रुपैयाँ पैसा एकासी) नेपाल सरकारको रकम आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्‍याउने नियतले खाई मासी हिनामिना गरेको स-प्रमाण पुष्टि भएको देखिंदा निज प्रधानाध्यापक रामलखन चौधरी र शिक्षक जगदिश राय यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले निज प्रतिवादीहरुलाई बिगो रु. १६,०३,५१७।८१ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को खण्ड (१) र दफा ३ को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो मध्ये सामाजिक सुरक्षा करवापतको रकम र नागरिक लगानी कोषको रकम विद्यालयमार्फत सम्बन्धित कार्यालयमा जम्मा गर्ने प्रयोजनार्थ रामजनता आधारभूत विद्यालय बबरगञ्ज, चन्दनगर गाउँपालिका सर्लाहीलाई दिलाई भराई बाँकी रकम रु. १४,९७,४०३।८३ (चौध लाख सन्तानब्बे हजार चार सय तीन रुपैयाँ पैसा त्रियासी) नेपाल सरकारलाई दिलाई भराई पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12