जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको अवस्थामा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०२ गते ।
-------------------------------------------

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज सरोजकुमार यादवलाई रू.१५,०००/-(पन्ध्र हजार) माग गरिरहेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ३ बाराबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release