तत्कालीन नापी कार्यालय, सुनसरीका सर्भेक्षक उपेन्द्र दाससमेत ११ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१६ गते ।
--------------------------------------------
 
जिल्ला प्रशासन कार्यालय, सुनसरीसमेतको सरकारी जग्गाको नक्साको धर्सा मेटाई ब्यक्ति बिशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेकोले छानबिन गरी संलग्न जग्गाधनी र कर्मचारीसमेतलाई कानूनी कारबाही गरी पाउँ भन्‍ने समेत ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा तत्कालीन नापी कार्यालय, सुनसरीका कित्ताकाट कार्यमा प्रत्यक्ष संलग्न सर्भेक्षक उपेन्द्र दास र निजले गरेको कित्ताकाटको कामलाई प्रमाणित गर्ने सर्भेक्षक योगेन्द्र प्रसाद यादब, सर्भेक्षक कपलेश्‍वर राम, सर्भेक्षक सुकदेव यादव तथा लामो समयदेखि नापी कार्यालय सुनसरीभित्रै बसी अनाधिकृत रूपमा कित्ताकाट गर्ने, नक्सामा कित्ता नं. चढाउने र प्लट रजिष्‍ट्ररमा विवरण राख्‍नेजस्ता कार्यालयका दैनिक कामकाज गरी आएका गैरकर्मचारी रमेश प्रसाद साह तथा जग्गाधनी रमेश कुमार श्रेष्‍ठ, आसमा खातुनसमेतका सरकारी कर्मचारी तथा गैरसरकारी ब्यक्तिहरू एकापसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घट्ने गरी बिभिन्‍न मितिमा कित्ताकाट गरी जग्गा सुक्रीबिक्री गरी ब्यक्तिलाई फाईदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेकोले उक्त कार्यमा सम्लग्न आरोपीहरू माथि देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
देहाय:-
सि.नं. पद र नामथर कार्यालय बिगो कसुर तथा सजाय
तत्कालीन सर्भेक्षक उपेन्द्र दास, 
सर्भेक्षक योगेन्द्र प्रसाद यादव, 
सर्भेक्षक कपलेश्‍वर राम, 
सर्भेक्षक शुकदेव यादव 
नापी कार्यालय सुनसरी रू.६,००,०००/- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) तथा सोही ऐनको दफा ८ को उपफा (१) को देहाय (ज) र ऐ.ऐनको दफा ११ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र ऐ.ऐनको दफा ११ बमोजिम कैद, सजायँ र बिगो बमोजिमको जरिवाना हुन मागदावी लिइएको।
 रमेश कुमार श्रेष्‍ठ र 
आसमा खातुन
जग्गाधनी  ” भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद, सजायँ र बिगो बमोजिमको जरिवाना सजायको मागदावी लिइएको।
 रमेश प्रसाद साह  गैरकर्मचारी  ” भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र ऐ. ऐनको दफा ११ वमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र ऐ.ऐनको दफा ११ बमोजिम हदैसम्मको कैद, सजायँ र बिगो बमोजिमको जरिवानाको सजाय हुन मागदावी लिइएको।
 ऐजुल मंसुरी, 
विवि सरातुल, 
अहमद हुसेन र 
राईफुन खातुन
 हालका जग्गाधनीहरू - निजहरूको हकमा सजायँको मागदावी लिन न्यायोचित नदेखिंदा भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ४७ वमोजिम उक्त सार्वजनिक बाटोको जग्गा असुल उपर एवं जफत गरी नेपाल सरकारको नाममा कायम गर्ने।

 

 
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21