जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरा उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
--------------------------------------------

जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरासमेतले वृद्ध भत्ता तथा विधवा भत्तासमेत वितरण गरेवापत प्रत्येक व्यक्तिसँग घुस रकम लिइरहेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजराले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुबाट लिएको रकम निजहरुले घुस/रिसवत लिने मनसाय राखी वडा सचिव रामएकवाल प्रसाद यादवले रकम उठाउन लगाएको तथा कार्यालय सहयोगी दिनेश हजराले वडा सचिवको निर्देशनबमोजिम रकम उठाएको तथ्य सप्रमाण पुष्टि हुन आएकोमा राज्यले असहाय तथा असक्त नागरिकहरुलार्इ संरक्षणको लागि सामाजिक सुरक्षामार्फत उपलब्ध गराएको रकमबाट कानूनविपरीत रकम लिन मन्जुर गरेको देखिएकोमा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु.१२,६४८।- (बाह्र हजार छ सय अठ्चालीस) कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बरामद भएको विगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03