जिल्ला सिन्धुली, साविक जलकन्या गाउँ विकास समितिको कार्यालयका तत्कालीन सचिव विष्णु प्रसाद भण्डारी उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१३ गते ।
--------------------------------------------

जिल्ला सिन्धुली, साविक जलकन्या गाउँ विकास समितिको कार्यालयका तत्कालीन सचिव विष्णु प्रसाद भण्डारीले गाउँ विकास समितिको विभिन्न शीर्षकमा विनियोजित रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा जिल्ला सिन्धुली, साविक जलकन्या गाउँ विकास समिति (हाल कमलामाई नगरपालिका, वडा नं. ३) का तत्कालीन गा.वि.स. सचिव (हाल नायब सुब्बा, मालपोत कार्यालय, लगनखेल, ललितपुर) विष्णु प्रसाद भण्डारीले आ.व. २०७०/०७१ मा तत्कालीन प्राविधिक सहायक (हाल कमलामाई नगरपालिका, ३ नं. वडा कार्यालयका वडा सचिव) वीरेन्द्र कुमार देवकोटाको नाममा तीन महिनाको तलबभत्ता बढी भुक्तानी भएको देखाई रु.५८,329।- रकम  हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिँदा निजले हिनामिना गरेको रु.५८,३२९।– (अन्ठाउन्न हजार तीन सय उन्तीस रूपैयाँ) बिगो कायम गरी निज विष्णु प्रसाद भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03