जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१० गते ।
--------------------------------------------

जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले निज जटाशंकरप्रसाद कलवारलाई सेवाग्राहीबाट रु.६०,०००।– (साठी हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा आरोपित प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारले सेवाग्राहीले खरिद गरेका खाद्यान्‍न सामानहरु बिक्री वितरण गर्दा दु:ख हैरानी नदिने तथा सहजता गरिदिने प्रयोजनको लागि रु.६०,०००।-(साठी हजार) घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएकोले निज प्रतिवादी जटाशंकरप्रसाद कलवारलाई बिगो रू.६०,०००।- (साठी हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03