यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) का तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना बिरुद्ध आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०८ गते ।
-------------------------------------------
 
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) बाट २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानुनी लाभ पुर्‍याउने बदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्च रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा कसुरमा संलग्न देहायका ३८ (अठ्तीस) जना कर्मचारीहरुलाई तपसिल बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको छ ।
तपसिल
सि.नं. पद नाम थर कसुर र मागदाबी

कार्यालय प्रमुख (उपसचिव) आनन्द केशरी पोखरेल प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई Pass जनाई निर्णय गरेको, एक पटक फेल भई सकेकालाई प्रयोगात्मक परीक्षा (ट्रायल) दिएको ३ (तीन) महिना नपुग्दै पुन परीक्षामा समाबेश गराएको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, निर्णयमा फेल देखिएकाको नतिजा गैरकानुनी लाभ पुर्‍याउने वदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरेको, उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानि नोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.८,५९,५५०।–(आठ लाख उनान्साठी हजार पाँच सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको ।
इन्जिनियर (हाल अवकास) बासुदेव पोखरेल प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई पास जनाई निर्णय गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३,४६,७५०।-(तीन लाख छयालीस हजार सात सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको।
 प्रहरी निरीक्षक  मुरारी मिश्र प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई पास जनाई निर्णय गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाइसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.२४,३००।-(चौवीस हजार तीन सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको।
तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई पास जनाई निर्णय गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.२४,९००।-(चौवीस हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको।
शाखा अधिकृत (हाल अवकास) राममणी पोखरेल   प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent तथा परीक्षा समितिको रिजल्टमा Fail भएकालाई सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) जारी गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३५,९००।-(पैंतीस हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
शाखा अधिकृत (हाल निलम्बन)  ईश्वरराज रेग्मी  प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent तथा परीक्षा समितिको रिजल्टमा Fail भएकालाई सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) जारी गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३०,०००।-(तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
शाखा अधिकृत  शम्भुप्रसाद थपलिया  ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.११,१००।-(एघार हजार एक सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
 तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) धर्मराज ढुङ्गाना पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३,२००।-(तीन हजार दुई सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) बाबुलाल रेग्मी पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारीस गरेको, उक्त जारी गरिएको सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.७००।-(सात सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।

प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent तथा परीक्षा समितिको रिजल्टमा Fail भएका सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) जारी गर्न सिफारिस तथा जारी गरेको र जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकम समेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले देहायका कर्मचारीहरुलाई तपसिल बमोजिमको बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको।

तपसिल
सि.नं. पद नामथर बिगो रकम कैफियत
शाखा अधिकृत (हाल निलम्बन) चक्रबहादुर श्रेष्ठ रु. १,७००।- जारी गर्ने
शाखा अधिकृत   पदमप्रसाद पोखरेल रु. २,८००।- ''
शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं)   वासुदेब तिवारी रु. ३,३००।- ''
शाखा अधिकृत(हाल सेवा निवृत्त)  भरतकुमार थापा  रु. १,७००।- ''
शाखा अधिकृत (हाल निलम्बन)  सिताराम खनाल  रु. ४,१५०।- ''
शाखा अधिकृत  भविन्द्र कार्की  रु. ३,०५०।- ''
नायव सुब्बा   वच्चुप्रसाद पोखरेल रु. १००।-  सिफारिस गर्ने
नायव सुब्बा (हाल अधिकृत छैठौं)  स्थानेश्वर ढुङ्गाना  रु. २००।- ''
नायव सुब्बा  कमलकुमार खत्री  रु. १००।- ''
१० नायव सुब्बा (हाल निलम्बन)  मदन गिरी  रु. २५०।- "
११ नायव सुब्बा  प्रेमराज निरौला  रु. १,७००।- ''
१२ नायव सुब्बा(हाल अवकास)   राधाकृष्ण पोखरेल रु. ५००।- ''
१३ नायव सुब्बा (हाल अधिकृत छैठौं)  सत्यबहादुर भण्डारी  रु. १००।- ''
१४  नायव सुब्बा  शिवप्रसाद चापागाई  रु. ५००।- ''
१५ नायव सुब्बा (हाल अधिकृत छैठौं)   उमाकान्त जोशी रु. २००।- ''
१६ प्राविधिक नायब सुब्बा (हाल अवकास)  सुर्य बज्र वज्राचार्य  रु. २,७००।- ''
१७ कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं)  सन्जिव न्यौपाने  रु. १००।- ''
१८ टाईपिष्ट नायव सुब्बा  कविता खड्का  रु. २,१००।- ''
१९  टाईपिष्ट नायव सुब्बा  रञ्जुसेन पाण्डे  रु. १००।- ''
२० खरिदार(हाल ना.सु.)   वावुकृष्ण महत रु. १००।- ''
२१ खरिदार (हाल निलम्बन)  बद्रीप्रसाद दाहाल  रु. १००।- ''
२२ खरिदार (हाल सहायक स्तर पाँचौं)  कोषबहादुर थापा  रु. २००।- ''
२३ खरिदार (हाल सहायक स्तर पाँचौं)  माधवप्रसाद कोइराला  रु. ३५०।- ''
२४ खरिदार(हाल ना.सु.)  मणिराम कोइराला  रु. ३००।- ''
२५ खरिदार (हाल अवकास)  प्रतिभा न्यौपाने क्षेत्री  रु. १००।- ''
२६ खरिदार .  रघुनाथ के.सी रु. २००।- ''
२७ खरिदार (हाल ना.सु.)  रामप्रसाद भट्टराई  रु. ९००।- ''
२८ खरिदार (हाल ना.सु)   तिर्थराज जैशी रु. १,३००।- ''
२९ टा.खरिदार (टा.ना.सु)  तुलसा श्रेष्ठ अधिकारी  रु. ५००।- ''

 

 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

श्री जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चुडामणी पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/29
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18