मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउ घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०५ गते ।
-------------------------------------------

मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउले बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्वा रोशकाजी जसपाउलाई रु. २०,०००।–(बीस हजार) लिएको अवस्थामा निजकै कार्यालय परिसरबाट उक्त रकमसहित मिति २०७६।०८।०४ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download