श्री राष्ट्रिय प्राथमिक विद्यालय, साविक लक्ष्मी निवास गा.वि.स. वडा नं. ८ धनुषाकी शिक्षक संगीता कुमारी महतो बिरुद्ध आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०४ गते ।
---------------------------------------

श्री राष्ट्रिय प्राथमिक विद्यालय, साविक लक्ष्मी निवास गा.वि.स. वडा नं. ८ धनुषाकी शिक्षक संगीता कुमारी महतोले नक्कली अध्यापन अनुमति पत्र पेश गरी मिति २०६४।०७।११ मा प्राथमिक तहको राहत कोटामा शिक्षक पदमा नियुक्ति लिएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले शिक्षक सेवा प्राथमिक तह राहत कोटामा नियुक्ति हुँदाका बखत शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरबाट प्राप्त प्रा.वि. तहको स्थायी अध्यापन अनुमति पत्र झुठ्ठा एवं नक्कली पेश गरी सरकारी लाभ/सुविधा लिएको पुष्टी भएकोले निजले गरेको उक्त कार्य भ्रटाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज संगीता कुमारी महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03