जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२४ गते ।
------------------------------------------

जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्काले अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी रु.६०,०००।–(साठी हजार) बाट घुस रकम बार्गेनिङ गरी अन्तिममा रु.१५,०००।–(पन्ध्र हजार) नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दु:ख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीबाट रु.१५,०००।- (पन्ध्र हजार) घुस/रिसवतवापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट मिति २०७६।०७।२२ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release