जिल्ला झापा, साविक जिल्ला विकास समितिको कार्यालय अन्तर्गत गा.वि.स. सचिवमा कार्यरत लोकराज बराल बिरुद्ध आरोपपत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२० गते ।
---------------------------------------
जिल्ला झापा, साविक जिल्ला विकास समितिको कार्यालय अन्तर्गत गा.वि.स. सचिवमा कार्यरत लोकराज बरालले नक्कली सर्टिफिकेट पेश गरी लोक सेवा आयोग इलामलाई नै छली लोकसेवाको परीक्षा दिई उत्तीर्ण गरी जागिर खाँदै आएको हुँदा निज लोकराज बरालको सर्टिफिकेट छानबिन हुन भन्ने उजुरी निवेदनउपर अनुसन्धान हुँदा निजले नक्कली एवं झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार पदबाट मिति २०५९/०७/०५ गतेदेखि नोकरी शुरु गरी हाल प्रशासन सेवा सामान्य प्रशासन समूह वडा सचिव पाँचौं तहको दरबन्दीमा कार्यरत रही बदनियतपूर्वक नेपाल सरकारबाट सेवासुविधा प्राप्त गरिरहेको स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी लोकराज बराललाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) को कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download