जिल्ला काठमाडौं टोखा नगरपालिका वडा नं.६ स्थित, लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरी, टोखा नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसाय गर्ने जयराम तिमिल्सिना बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।१८ गते ।
----------------------------------------------

जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं.६ स्थित, लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरी तथा टोखा नगरपालिकाका ईन्जिनियरहरुको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा उक्त प्रा.लि. का ओभरसियर प्रशान्त चौधरी, नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसायी जयराम तिमिल्सिनासमेतको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाई दिनका लागि सेवाग्राहीबाट रु.५,००,०००।–(पाँच लाख) घुस/रिसवत प्रशान्त चौधरीले आफ्नै कन्सल्टेन्सीमा बोलाई रकम लिई घर निर्माण सम्पन्नको प्रमाणपत्र सेवाग्राहीलाई उपलब्ध गराएकोमा उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज आरोपी प्रशान्त चौधरीलाई विगो रु.५,००,०००।–(पाँच लाख) कायम गरी भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय माग दावी गरिएको, साथै आरोपी दिनेश कुमार पाठकले प्रशान्त चौधरीमार्फत रु.५,००,०००।–(पाँच लाख) लिन लगाएको र उक्त घुस/रिसवतको रकम निजले प्राप्त गर्न अगावै प्रशान्त चौधरीबाट बरामद भएको हुँदा टोखा नगरपालिकाका करार ईन्जिनियर दिनेश कुमार पाठकले गरेको उक्त कार्य भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि भएकोले निजलाई भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदावी गरिएको, त्यसैगरी जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ६ घर भई लेखापढी व्यवसाय गर्ने जयराम तिमिल्सिनाको हकमा पनि उक्त घुस/रिसवतको रकम निजले प्राप्त गर्न अगावै प्रशान्त चौधरीबाट बरामद भएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि भएकोले आरोपी जयराम तिमिल्सिनाउपर सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03