जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।१४ गते ।
------------------------------------------

जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत् माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाले निज जटाशंकरप्रसाद कलवारलाई सेवाग्राहीबाट रु.६०,०००।– (साठी हजारमात्र) घुस/रिसवत् लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित, श्रीराम खाद्य उद्योग अगाडिबाट  आज मिति २०७६।०७।१४ गते घुस/रिसवतवापत लिएको रकमसहित निजलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release