यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपकप्रसाद गुरागाई उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------


यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम)  रुपकप्रसाद गुरागाईले बिद्युतीय सवारी साधनहरुको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज रूपक प्रसाद गुरागाईलाई सेवाग्राहीबाट रू.६०,०००।- (साठी हजार) घुसवापतको रकम बैंक खातामा दाखिला गर्न लगाई सोको बैंक भौचर लिएको अबस्थामा उक्त बैंक भौचर सहित निजकै कार्यालयको अभिलेख शाखाबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा तिनचुली सुन्धारा बिद्युतीय यातायात सेवा प्रा.लि. का रुट परिवर्तन गरी नयाँ रुटमा सञ्चालन गर्ने इजाजतको लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी, ३ नम्बर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन रुपकप्रसाद गुरागाईले घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिदाँ निजलाई विगो रु. ६०,०००।– (साठी हजार) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09