साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नं.८ का वडा सचिव कदिरवावु देवान उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०४ गते ।
--------------------------------------------

रौतहट जिल्लाको विभिन्न गाविसहरूमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग भई भ्रष्टाचार र अनियमितता भएकोले सम्बन्धित पदाधिकारी  एवं कर्मचारी उपर आवश्यक छानविन गरी कानुनी कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नं. ८ का वडा सचिव कदिरवावु देवानले साविक हथियाही गाविसको चालु तथा पुँजीगत खर्च जथाभावि खर्च लेखी, भ्रमण खर्च, पेश्की लिई फछर्यौट नगरी, सामाजिक सुरक्षा भत्ताको रकम आफैंले बुझिलिई जम्मा रू.१२,५६,२७५।–(अक्षरूपी बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया) बराबरको सार्वजनिक सम्पत्तीको हिनामिना, हानिनोक्सानी दुरुपयोग गरेको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी कदिरवावु देवानलाई विगो रू.१२,५६,२७५।–(अक्षरूपी बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो ऐ. ऐनको दफा १७ वमोजिम निज प्रतिवादीबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21