नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०६।१४ गते
-----------------------------------------

नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीले जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सर्भेक्षक सन्तोष भण्डारीलाई सेवाग्राहीसँग रू.१०,०००/- (दश हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित पोखरा महानगरपालिका वडा नं.९ स्थित बुद्ध चोक नजिकैबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्त

Download