बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।६।१४ गते ।
------------------------------------------
बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया समेतले शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग रू ४०,०००/- घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनियालाई सेवाग्राहीसँग रु.४०,०००।–(चालीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित न्यु सिद्धार्थ होटल गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release