श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दशौता जानकीटोला पर्साका शिक्षिका कृपादेवी पटेलसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०६ गते
----------------------------------------
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जगरनथापुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न व्यक्तिहरूवाट गैर कानूनी आर्थिक लाभ लिएर  निजरूलाई नक्कली तथा गलत नियुक्तिपत्र  दिई त्यस्ता नक्कली कागजातहरूका आधारमा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कामकाजमा लगाई गाउँकार्यपालिकाबाट निजहरूले समेत तलव भत्ता प्राप्त गर्ने गरी निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने काम गरेको पाइएकोले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दशौता जानकीटोला पर्साका शिक्षिका कृपादेवी पटेलले शिक्षक नियुक्तिका लागि विद्यालयबाट तोकिएका कुनै पनि परीक्षाहरु नदिइ तथा विद्यालयबाट शिक्षक पदको नियुक्ति प्राप्त नगरेकै अवस्थामा दस्तुरको बहानामा रु.४¸००¸०००।- शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजात प्राप्त गरी सोही गलत तथा नक्कली पत्रले श्री ने.रा.प्रा.वि. दशौता जानकीटोलामा पर्सामा राहत शिक्षकको पदमा कार्यरत रही रु.१¸८५¸३६०।- तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज कृपादेवी पटेलउपर घुस रिसवतवापत दिएको रकम रु.४¸००¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.१¸८५¸३६०।- समेत गरी विगो रु.५¸८५¸३६०।- (पाँच लाख पचासी हजार तीन सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुसरिसवत दिएको रकम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
 
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले वदनियतसाथ गोलमटोल रुपमा खर्चको तेरिजसमेत उपलब्ध नगराई आफूले नक्कली तथा गलत कागजातबाट विद्यालयमा कामकाजमा लगाएका निज कृपादेवी पटेलसमेतले तलव भत्ता प्राप्त गर्ने गरी आफु अनुकुल निकासाको सिफारिस गरी तथा निकासा गरी गराई सम्वन्धित विद्यालयबाट नक्कली एवं प्रचलित कानून विपरीत कार्यरत शिक्षिकालाई समेत तलव भत्ता भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसियाउपर गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु.४¸००¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.१¸८५¸३६०।- समेत गरी विगो रु.५¸८५¸३६०।- (पाँच लाख पचासी हजार तीन सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रु.४¸००¸०००।- (चार लाख) ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्साका प्रधानाध्यापक रामवेलास प्रसाद पटेल र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादवले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको देखिन आएको हुँदा निजहरू रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम रु.१¸८५¸३६०।- (एक लाख पचासी हजार तीन सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21