महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्त घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।६।०२ गते ।
------------------------------------------
महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्तले सवारी दुर्घटना केशको सहमति बमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्तलाई सेवाग्राहीसँग रु.५,०००।–(पाँच हजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका वडा नं.-५ थली स्थित साथीभाइ खाना एण्ड खाजा घरबाट मिति २०७६।०६।०१ गते उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download