जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका बालविकास सहयोगी उषा कुमारी रामले जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियासँग मिलेमतो गरी दस्तुरको बहानामा रु. ५०¸०००।- घुस रिसवत दिएर निज वि.नि.राजेश्वर प्रसाद चौरसियाले विद्यालयका प्र.अ.  हकिम अन्सारीको मिलेमतोमा उषा कुमारी रामलाई गलत तथा नक्कलि कागजातहरू हुंदाहुँदै पनि सोही गलत तथा नक्कली सरुवापत्रले राहत कोटाको बालविकास सहयोगी (शिक्षिका) पदमा नियुक्ति गरी निज तलव भत्ता वापत रु. ३०¸०००।- तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को  दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उषा कुमारी राम उपर घुस रिसवत वापत दिएको रकम रु. ५०¸०००।- र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको रकम रु. ३०¸०००।- समेत गरी विगो रु. ८०¸०००।- (असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजायँ गरी घुस रिसवत दिएको रकम रु.५०,०००।– ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानि भएको रु. ३०,०००।– ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावि लिइएको   ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानि नोक्सानि पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसिया उपर उषा कुमारी रामबाट गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु. ५०¸०००।- र नक्कली तथा गलत कागजातहरूका आधारमा विद्यालयमा कामकाजमा लगाई निज समेतले तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी तलब भत्ता निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानि नोक्सानी  पुर्‍याएको रकम रु. ३०¸०००।- समेत गरी विगो रु. ८०¸०००।- (असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.५०,०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू. ३०¸०००।– (तीस हजार ) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको।
 
श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारीले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कलि कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रुपमा तलवभत्ता समेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादीहरू हकिम अन्सारीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसूरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू हकिम अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानी नोक्सानी भएको रु.३०,०००।–(तीस हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदिपकुमार कोइराला 

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22