जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका शिक्षिका बबिता कुमारी देवीले जगरनाथपुर गाउँ कार्यपालिका शिक्षा शाखाका शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाको आदेशमा विद्यालयका प्रधानाध्यापक हकिम अन्सारीले कामकाजमा लगाई निजहरुको मिलेमतोमा श्री जनसेवा प्रा.वि. जगरनाथपुरको प्रा.वि. शिक्षकको रुपमा आफूले नपाएको ओहदामा कार्यरत रही भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १५ द्वारा परिभाषित कसुर गरी गाउँ कार्यपालिकाबाट तलब भत्ता वापतका रकमहरु समेत निकासा गराई रु.१¸१८¸८५०।- तलब भत्ता वापत वुझी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज बबिता कुमारी देवीउपर भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १५ को कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको हकमा भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ को कसुरमा विगो रु. १¸१८¸८५०।- (एक लाख अठार हजार आठ सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो रु. १,१८,८५०। (एकलाख अठार हजार आठ सय पचास) ऐ. ऐनको १७ बमोजिम विगो असुल उपर हुन मागदावी लिइएको।
 
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले शिक्षकको पदमा नियुक्ति नै प्राप्त नगरेकी बविता कुमारी देवीलाई श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिरामा शिक्षिकाको रुपमा कामकाजमा लगाई निज समेतले कार्यरत रहेको विद्यालयबाट तलब भत्ता प्राप्त गर्ने गरी तलब भत्ता वापत रु. १¸१८¸८५०।–निकासा गरी भुक्तानी गराई, आफ्नो अधिकारको दुरुपयोग गरी विद्यालयका प्रधानाध्यापक हकिम अन्सारीसँगको सहयोगमा निज बविता कुमारी देवीलाई शिक्षिकामा नियुक्ति गरी गराई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निज राजेश्वर प्रसाद चौरसिया उपर नेपाल सरकारलाई हानि पुर्‍याएको विगो रु. १¸१८¸८५०।– (एक लाख अठार हजार आठ सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र  दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू. १¸१८¸८५०।– (एक लाख अठार हजार आठ सय पचास) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
 
श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारीले बविता कुमारी देवीको शिक्षकको कुनै प्रमाण विना नै शिक्षकको रुपमा तलबभत्ता समेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादी हकिम अन्सारीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी हकिम अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु. १¸१८¸८५०।–(एक लाख अठार हजार आठ सय पचास) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21