विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.उपर आरोप-पत्र दायर गरिएको छ ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३१ गते
----------------------------------------                                                           

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग रू.१५,०००/- (पन्ध्र हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.लाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.१५,०००/- (पन्ध्र हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निजहरू शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अवकाशपश्चात पाउने सेवासुविधा रकम कलम भुक्तानी सिफारिसपत्र तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रिसवत माग गरी रू.१५,०००।–( पन्ध्र हजार) घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजहरूलाई जनही विगो रू. १५,०००।– (पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।   

                                                             प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03