स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ.अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२९ गते ।
--------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ.अधिकृत छैठौं पदमा कार्यरत  भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्माले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई विभिन्न कार्यक्रम सञ्चालन गरी पेश्की फछर्यौट गर्ने क्रममा नक्कली बिल भरपाई पेश गरी पेश्की फछर्यौट गर्न दवाव दिएको, निजहरूले सञ्चालन गरेका कार्यक्रमहरू कार्यादेशअनुसार सञ्चालन नभएको तथा असम्वन्धित व्यक्तिहरूलाई दैनिक भ्रमणभत्ता वितरण गरी गैरकानूनी लाभ लिई सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत निज राधिका देवी शर्माले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम रू.४,००,०००।-मध्ये रू.१,६९,७०३।–विभिन्न शीर्षकमा खर्च गरी बाँकी रू.२,३०,२९७।-(दुई लाख तीस हजार दुइसय सन्तानब्बे ) र अर्का आरोपी भरत प्रसाद उपाध्यायले सञ्चालन गरेका समुदायमा आधारित एकीकृत शिशु तथा बाल स्वास्थ्य व्यवस्थापन कार्यक्रम (CBINMCI) तथा विषादीरहित खाद्य सुरक्षा तथा पोषण प्रवर्धन सम्बन्धी २ वटा कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम रू.९,००,०००।–मध्ये रू.४,७१,७८३।४० विभिन्न शीर्षकमा खर्च गरी रू.४,२८,२१६।६०(चार लाख अठ्ठाइस हजार दुइ सय सोह्र रूपैयाँ पैसा साठी) गरी जम्मा रू.६,५८,५१३।६० (छ लाख अन्ठाउन्न हजार पाँचसय तेह्र रूपैयाँ साठी पैसा) निज भरत प्रसाद उपाध्याय र राधिका देवी शर्मा मिली बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरू हे.अ. भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रू.६,५८,५१३।६० ( छ लाख अन्ठाउन्न हजार पाँचसय तेह्र रूपैयाँ पैसा साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (ङ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको विगो निज प्रतिवादीहरूबाट ऐ ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेतको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21