साविक पोखरा नगरपालिका हाल पोखरा महानगरपालिका वडा नं.१० कास्कीमा कार्यरत शिक्षिका सहायकस्तर तृतीय ( अप्राविधिक) मुखीया पदमा कार्यरत विष्णु कुमारी पराजुली उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२४ गते ।
------------------------------------------
पोखरा महानगरपालिका वडा नं.१० मा कार्यरत विष्णु कुमारी पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्रहरू झुठ्ठा भएको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा निज शिक्षिका विष्णु कुमारी पराजुलीले पोखरा नगरपालिका कार्यालय (यु.वि.एस.) कार्यक्रमअन्तर्गत शिशु स्याहार केन्द्रको करार शिक्षिका पदमा नियुक्ति हुने उद्देश्यले बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी गरिएको मध्यमा तहको झुठ्ठा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायकस्तर (तृतीय मुखीया) शिक्षिका पदमा कार्यरत रही सरकारी लाभ सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) तथा साविक भ्रष्टाचार निवारण ऐन,२०१८ को दफा १२ र दफा २९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09