नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही नोलाईट सिरहा जिल्लामा कार्यरत ई.सि. छेदिलाल साह सुनार घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०५।२३ गते
-----------------------------------------

नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही नोलाईट सिरहा जिल्लामा कार्यरत ई.सि.तह ३ (तिन) का छेदिलाल साह सुनारले करारको कर्मचारीमा भर्ना गरिदिन्छु भनी प्रलोभनमा पारी दुई जनासँग पटक पटक नगद तथा बैंक दाखिलासमेत गरी प्रति व्यक्ति रू.१,५०,०००/- (एक लाख पचास हजार) का दरले जम्मा रू.३,००,०००/- (तिन लाख) लिईसकेको तथा पुन: एक जनासँग रू.३०,०००/- (तिस हजार) र अर्कोसँग रू.५०,०००/- (पचास हजार) गरी जम्मा रू.८०,०००/- (असी हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज ई.सि. छेदिलाल साह सुनारलाई सेवाग्राहीसँग रू.८०,०००/- (असी हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. १, विष्णुपुर चौक स्थित शहिद गेट नजिकको उत्तम मिष्ठान भन्डारबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release