अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुस रकम सहीत नियन्त्रणमा


प्रेस विज्ञप्ति :-मिति २०७६।०५।२२ गते
------------------------------------------
अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीले काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझिलाई सेवाग्राहीबाट रू.१०,०००/- (दस हजार) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजको कार्यालय परिसरवाट मिति २०७६।०५।२१ गते रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release