आन्तरिक राजश्व कार्यालय, सिमरा, बाराका कम्प्युटर अपरेटर सुदिप लामा घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०५।१६ गते
-----------------------------------------

आन्तरिक राजश्व कार्यालय, सिमरा, बाराका कम्प्युटर अपरेटर सुदिप लामाले लामो समयदेखि कारोबार नभएको पान नं. बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज सुदिप लामालाई सेवाग्राहीसँग रू.४०,०००/- (चालीस हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१, सिमरा बजारमा रहेको किराना पसल अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release