भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्री घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति- मिति २०७६।०५।१६ गते
-----------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज हरिमोहन सिंह क्षेत्रीलाई सेवाग्राहीसँग रू.१,००,०००/- (एक लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित उक्त कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

 

Download
  

Other Press Release