पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली (मा.वि. तृतीय श्रेणी) र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१२ गते ।
------------------------------------------

पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल (मा.वि.तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. ले विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरू लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.लाई सेवाग्राहीसँग रु.१,५०,०००।–( एक लाख पचास हजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा विद्यालय परिसरबाटै उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download