नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२९ गते
-------------------------------------------

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)का  चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी घुस रकम सहित नियन्त्रणमा 
--------------

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मीसमेतले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू मेघराज काफ्ले र नारायण कुर्मीले सेवाग्राहीबाट रू.४६,५५५।–(छयालीस हजार पाँच सय पचपन्न) घुसबापतको रकम लिइसकेको अवस्थामा निजहरूलाई कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download