जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२८ गते
----------------------------------------- 
जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको ।
-------------
जिल्ला बारा कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.२१ स्थित तपी मा.वि.भोडहादेखि मदिलवाससम्म सडक ढलान गर्ने काममा उपभोक्ता समितिले लागत इष्टिमेटअनुसारको नापीमा निर्माण कार्य नगरी खिया लागेको कमसल फलामको डण्डी र न्यून गुणस्तरको सिमेन्ट प्रयोग गरी रकम हिनामिना गरेको भन्ने समेतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कलैया उपमहानगरपालिकाका इन्जिनियर किशोर यादवले गैरकानूनी लाभ वा हानि पुर्‌याउने बदनियतले वास्तविक भए गरेको भन्दा बढी काम देखाई नापी किताव तयार गरेको  र सोही उपमहानगरपालिकाका इन्जिनियर माधव प्रसाद यादवले उक्त कार्यलाई समर्थन जनाई सिफारिस गरेको देखिएको हुँदा निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवलाई बिगो रू.५,७१,२६९।५०( पाँच लाख एकहत्तर हजार दुई सय उनान्सत्तरी रूपैयाँ पचास पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09