श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम उपर आरोप-पत्र दायर गरिएको
प्रेस विज्ञप्ति:-मिति २०७६।०४।२३ गते ।
---------------------------------------------
श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम उपर आरोप-पत्र दायर गरिएको ।
------------------------
श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका वडा नं.-२, ठूलोनन्दनगर, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम विरूद्ध विशेष आदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
निज सुशीलादेवी गौतमले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकोले छानविन गरी पाउँ भन्ने समेत व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा निज सुशीलादेवी गौतमले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको किशन इन्टर कलेज उष्का बजार, सिद्धार्थनगर भारतबाट प्राप्त हाइस्कूल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा बहाल रही लाभ समेत लिएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुनआएकोले निज सुशिलादेवी गौतम उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १६(१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
Download