एम.के./वाई.पी.जे.भी. का प्रतिनिधि देवजंग शाही उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको । 
--------------------------------------------------

साविक जिल्ला प्राविधिक कार्यालय, भोजपुरका तत्कालीन सि.डि.ई. लालु गिरीले घुस/रिसवत लिई भ्रष्‍टाचार गरेको कसुरमा मिति २०७५।११।२३ गते विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदावीमा पूर्ण छुट दिई वादी पक्षका साक्षीका रूपमा पेश गरिएका उजुरी निवेदक देवजंग शाहीले बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको कागज व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल बकपत्र गरेको भन्‍ने भ्रष्‍टाचार (घुस/रिसवत) लेनदेन गरेको मुद्दामा अनुसन्धान हुँदा एम.के./वाई.पी.जे.भी. का प्रतिनिधि देवजंग शाहीले भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्‍नति योजनाको भुक्तानिका लागि जिल्ला प्राविधिक कार्यालय, भोजपुरका तत्कालीन जिल्ला इन्जिनियर लालु गिरीले उपलब्ध गराएको बैङ्क खातामार्फत तथा नगदै गरी जम्मा रू.१८,५०,०००।–(अठार लाख पचास हजार) रिसवत दिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) द्वारा परिभाषित कसुर अपराध गरेको पुष्‍टि भएको हुँदा निज देवजंग शाहीलाई बिगो रू.१८,५०,०००।-(अक्षरूपी अठार लाख पचास हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21