बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको।
मिति २०८३।०५।३१ गते।
सम्वत् २०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिबाट प्रभावितहरूको सहयोगको लागि आयोगका पदाधिकारीज्यूहरूको पन्ध्र (१५) दिनको, आयोगका सचिवको दश (१०) दिनको, आयोग र मातहत कार्यालयका निजामती/प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीहरुको दश (१०) दिनको, उपसचिव/शाखा अधिकृत र सो सरहका राष्ट्रसेवक कर्मचारीहरुको सात (७) दिनको, राजपत्रअनंकित राष्ट्रसेवक कर्मचारीहरूको पाँच (५) दिनको र श्रेणीविहीन कर्मचारीहरूको दुई (२) दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरी जम्मा रू.६१,६२,५०८/७४ (एकसठ्ठी लाख बैसठ्ठी हजार पाँच सय आठ रूपैयाँ चौहत्तर पैसा) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet
Other Press Release
|
बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको।
2026/09/16 |