बाढी पीडितको सहयोगार्थ रकम जम्मा गरिने सम्बन्धमा।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।११ गते।
सम्वत् २०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तल्लो तटीय क्षेत्रमा भएको अकथनीय क्षतिले हामीलाई मर्माहत बनाएको छ। यस दु:खद घडीमा विपत्तिमा परी ज्यान गुमाउनुहुनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। बाढीबाट पीडितहरु प्रति सहानुभूति प्रकट गर्दै अङ्गभङ्ग एवम् घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
यस विपदको घडीमा प्रभावितहरूको सहयोगको लागि आयोगका पदाधिकारीज्यूहरूले पन्ध्र (१५) दिनको, रा.प. विशिष्ट र रा.प. प्रथम श्रेणीका कर्मचारीहरुले दश (१०) दिनको, रा.प. द्वितीय र रा.प. तृतीय श्रेणीका कर्मचारीहरुले सात (७) दिनको, रा.प. अनं. प्रथम, द्वितीय र अन्य श्रेणीका कर्मचारीहरुले पाँच (५) दिनको र श्रेणीविहीन कर्मचारीहरुले दुई (२) दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बेहोरा जानकारीको लागि अनुरोध छ ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet
Other Press Release
|
बाढी पीडितको सहयोगार्थ रकम जम्मा गरिने सम्बन्धमा।
2026/08/27 |