आर्थिक वर्ष २०८२/८३ को बार्षिक समीक्षा कार्यक्रम सम्पन्‍न।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।०८ गते ।
----------------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.ब. २०८२/०८३ को बार्षिक समीक्षा कार्यक्रम आज आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईज्यूको अध्यक्षतामा आयोगको सभाहलमा सम्पन्‍न भयो। कार्यक्रममा आयोगका माननीय आयुक्तज्यूहरू, श्रीमान् सचिवज्यू, महाशाखा प्रमुखहरू, आयोग मातहत कार्यालयका प्रमुखहरू, आयोगका अनुसन्धान अधिकृतहरू र भर्चुअल माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आयोगको समग्र काम कारबाही, उजुरी प्राप्‍ति, छानबिन, अनुसन्धान, अभियोजन, नविनतम कार्यहरू र आयोगका सामु रहेका सवालहरूसहित आगामी कार्यदिशाका बारेमा छलफल भयो। क्रमश...
प्रवक्ता 
सुरेश न्यौपाने
 
 
 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति