जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौ) डिल्ली राज खड्का घुस/रिसवत रू.६,००,०००।- सहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८३।०३।३१ गते ।
----------------------------------------------------


जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौ) डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रुपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट रू.६,००,०००।–(छ लाख रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित दमक नगरपालिका वडा नं. १ स्थित खाजा घरबाट आज मिति २०८३।०३।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति