प्रतिवादी शशि भुषण कुमार यादवसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।२५ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गुणस्तर तथा नापतौल कार्यालय, बिरगंजका तत्कालीन बरिष्ठ निरिक्षक (हाल अबकास) शशि भुषण कुमार यादव समेतका प्रतिवादीहरु उपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.४,४७,३४,२१२।२६ (चार करोड सत्चालीस लाख चौंतीस हजार दुई सय बाह्र रुपैयाँ छव्बीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी गैरकानुनी आर्जन गरेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६(ग)¸ दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर हुन तथा निज प्रतिवादी शशि भुषण कुमार यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति प्रतिवादीहरु रीता रानी, अविनाश यादव र विकाश यादवका नाममा समेत राखेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम रिता रानी, अविनाश यादव र विकाश यादवलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे बढाई हाल कायम रहेको सम्पत्ति, श्रोत खुलेको र आंशिक श्रोत खुलेको सम्पत्तिबाट बिगो जफत/असुल उपर गरी पाउन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०३।२३ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०१।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र
Tweet