मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा घुस/रिसवत रकम रू.२,००,०००।– र स्रोत नखुलेको रकम रू. ३,५०,०००।- सहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८३।०१।०४ गते ।
----------------------------------------------------
मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा ओम बहादुर खाम्चालाई सेवाग्राहीबाट रू.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम तथा स्रोत नखुलेको रू. ३,५०,०००।– (तीन लाख पचास हजार रुपैयाँ) र मोबाइल थान-१ (एक) सहित जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट आज मिति २०८३।०१।०४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet