जिल्ला धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी घुस/रिसवत रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।१२।२० गते ।
----------------------------------------------------
जिल्ला धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो/ग्राभेल झार्न नदिई बिभिन्न बहाना बनाई दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीलाई सेवाग्राहीसँग रू.४०,०००।– (चालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, मिथिला नगरपालिका वडा नं. १० लालगढबाट आज मिति २०८२।१२।२० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet
Other Press Release
|
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2026/05/23 |