खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।१२।१६ गते ।
----------------------------------------------------

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नविकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरी दु:ख हैरानी दिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्राविधिक सहायक सन्जय चौधरीलाई सेवाग्राहीसँग रू. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान-२ सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरबाट मिति २०८२।१२।१६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


  प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति