जिल्ला सुर्खेत, विरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने टक बहादुर घर्ती उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०८२।१२।०६ गते।
------------------------------------------
 
विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२-CR-००२७ मा वादी नेपाल सरकार प्रतिवादी बरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी टक बहादुर घर्तीले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा मिसिल संलग्न प्रमाणको प्रतिकूल हुने गरी बकपत्र गरेकोले निज उपर अनुसन्धान गर्नुपर्ने भन्नेसमेत व्यहोराको सम्बन्धमा अनुसन्धान हुँदा वादी नेपाल सरकार प्रतिवादी टंक बहादुर कार्की भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको (मुद्दा नं. ०८२-CR-००२७) मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्णरुपमा छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएका जिल्ला सुर्खेत, विरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने टक बहादुर घर्तीले विशेष अदालत, काठमाडौंसमक्ष मिति २०८२।१०।२२ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले निज प्रतिवादी टक बहादुर घर्ती प्रोपाइटर रहेको देउतीबज्यै कन्स्ट्रक्सनले डुङ्गेश्वर गाउँपालिका, दैलेखसँग डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नति योजनाको कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी अगाडि बढाईदिने प्रक्रियाको सहजीकरणका लागि घुस/रिसवत रकम रु.१,००,०००।-(एक लाख रुपैयाँ) निज प्रतिवादी टक बहादुर घर्तीले प्रतिवादी टंक बहादुर कार्कीलाई दिएको कार्य कसुर (Actus Reus) पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा निज प्रतिवादी टक बहादुर घर्तीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा बिगो रु.१,००,०००।-(एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11
जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/08
जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27