प्रतिवादी रामचन्द्र अधिकारीसमेत संलग्न घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०८२।१०।११ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व मन्त्री रन्जिता श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा संलग्न मध्येका प्रतिवादी रामचन्द्र अधिकारीलाई बिगो रु.५३,००,०००।– र प्रतिवादी तुल्सीराम बुढा मगरलाई बिगो रु.७८,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम घुस/रिसवत जफत हुन मागदावी लिई बिशेष अदालतमा मिति २०८२/०६/२२ मा आरोपपत्र (मुद्दा नं.०८२-CR-००१५) दायर गरिएको प्रस्तुत मुद्दामा विशेष अदालत काठमाण्डौबाट प्रतिवादीहरु मध्येका रामचन्द्र अधिकारीलाई जम्मा रु.५,००,०००।- र प्रतिवादी तुल्सीराम बुढा मगरलाई जम्मा रु.५,००,०००।– धरौटी लिई मुद्दाको पुर्पक्ष गर्नेगरी २०८२।०८।०७ र २०८२।०८।१४ गते थुनछेक आदेश भएकोमा उक्त आदेशहरु बेरीतको देखिंदा प्रतिवादीहरु रामचन्द्र अधिकारी र तुल्सीराम बुढा मगरलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सम्मानित सर्वोच्च अदालत समक्ष मिति २०८२/१०/०९ मा निवेदनपत्र दर्ता गरिएको छ ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet