पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०८२।१०।०२ गते।
------------------------------------------
 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा प्रतिवादीहरु प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोक कुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेल समेतले आफूलाई गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्था/नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई ७,४३,४३,४५०.०० अमेरिकी डलर (सात करोड त्रिचालीस लाख त्रिचालिस हजार चार सय पचास अमेरिकी डलर) अर्थात नेपाली रु.८,३६,७३,५५,२९७।५०  (आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुईसय सन्तानब्बे रुपैयाँ पचास पैसा) गैरकानूनी हानी पुर्‍याउने बद्‌नियतले स्वीकृत लागत अनुमान १६,९६,९७,०००.०० अमेरिकी डलर भन्दा अस्वभाविक रुपमा लागत अनुमान ७,४३,४३,४५०.०० अमेरिकी डलर बढाई संशोधन गरी गराई २४,४०,४०,४५०.०० अमेरिकी डलर बढी मूल्य तिरी मनासिब कारण बिना अन्य राष्ट्रसेवक र गैर राष्ट्रसेवक निर्माण व्यवसायी समेतका प्रतिवादीहरुसँगको एक आपसको मिलेमतोमा यी प्रतिवादी समेतले आफूलार्इ गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्था/नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई गैरकानूनी हानी पुर्‍याउने बद्‌नियतले लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई संशोधन गरी काम गरे गराएको, सोही बढी दायित्व बहन गर्नुपर्ने गरी खरिद कार्यको सम्झौता गरी गराई सोही आधारमा अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गरी गराई सोही बमोजिम भुक्तानी भएको देखिएकोमा प्रतिवादीहरु प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोक कुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूर भएको हुँदा निज प्रतिवादीहरुलाई बिगो ७,४३,४३,४५०.०० अमेरिकी डलर (अक्षरेपि सात करोड त्रिचालिस लाख त्रिचालिस हजार चार सय पचास अमेरिकी डलर) अर्थात नेपाली रकम रु.८,३६,७३,५५,२९७।५०  (अक्षरेपि आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुईसय सन्तानब्बे रुपैयाँ पचास पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइ बिशेष अदालतमा मिति २०८२/०८/२१ मा आरोपपत्र (मुद्दा नं.०८२-CR-००४८)  दायर गरिएको । क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 

 
प्रवक्ता
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति निवेदनको बिबरण निवेदनको बिबरण
  

Other Press Release