प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको फरक-फरक ५ वटा निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०९।११ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगर उपप्रमुख मुना अधिकारी समेतका प्रतिवादीहरु उपर गोदावरी नगरपालिकाले बिभिन्न आ.ब. मा राजस्व निर्धारण गर्दा बदनियत राखी नेपालको संविधान, संघीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानूनलाई बेवास्ता गरी गराई आवश्यक प्रमाण सङ्कलन नगरी नगराई तत्कालीन प्रदेश नं.३ को प्रदेश आर्थिक ऐनले निर्धारण गरेको राजस्व दर घटाई आ.ब. २०७५/०७६ मा रु.१७,८९,३५,५००।-, आ.ब. २०७६।०७७ मा रु.२१,२१,९७,०५०।-, आ.ब. २०७७/०७८ मा रु. १८,६३,२१,५८९।–, आ.ब. २०७८/०७९ मा रु.२०,४९,५३,७५०।- र आ.ब. २०७९/०८० मा रु.२६,६३,३७,३९८।१२ गरी जम्मा रु. १,०४,८७,४५,२८७।१२ राजस्व चुहावट गरी गराई नेपाल सरकारलाई हानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ख) बमोजिमको कसुरमा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा ५ वटा फरक-फरक आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०४।३० को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाहरु उपर चित्त नबुझी मिति २०८२।०९।११ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको फरक-फरक ५ वटा निवेदन दर्ता गरिएको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र
Tweet